पाेखरा । विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) गण्डकी प्रदेशले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्म जयन्तीका अवसरमा शुभकामना आदनप्रदान तथा विशेष रचनावाचन गर्ने भएकाे छ ।
विनेसाम गण्डकी प्रदेशले लक्ष्मी पूजा तथा देवकोटाको ११५ औं जन्म जयन्तीका अवसरमा कार्तिक २६ गते परिचयात्मक शुभकामना आदनप्रदान तथा विशेष रचनावाचन गर्ने आयाेजकले जनाएकाे छ ।
विनेसाम नेपाल शाखाकाे समन्वयनमा गण्डकी प्रदेशले आयाेजनमा गरेकाे कार्यक्रम विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)अध्यक्ष तथा साहित्यकार सुरेन्द्र लिम्बूकाे प्रमुख आतिथ्यतामा गरिने भएको छ ।
विश्व नेपाली साहित्य महासङ्घका महासचिव सुनिता राई कन्दङ्वा र विनेसाम नेपाल शाखाका अध्यक्ष कल्पना शर्मा जिज्ञासु विशिष्ट अतिथि रहने कार्यक्रममा साथै प्रदेशका प्रदेश प्रमुखहरुकाे विशेष वाचन रहने विनेसाम गण्डकी सचिव प्रेम थापा मनले जनाकारी दिनुभयाे ।
विशेष वाचनमा काेशी प्रदेशका अध्यक्ष मुना आत्रेय, मदेश प्रदेश अध्यक्ष मनिराज दाहाल, बागमती प्रदेश अध्यक्ष ताेयनाथ सुवेदी, गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारीकाे प्रस्तुती रहने छ । त्यस्तै गरी, लेकप्रसाद प्याकुरेल, चन्द्र रावत गुराँस र बाबुराम आचार्यले रचना वाचन गर्नुहुनेछ । उहाँहरु क्रमश: लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका अध्यक्षहरु हुनुहुन्छ ।
कार्यक्रम भर्चअल माेडेलमा २६ गते कार्तिक २०८०/१२ नोभेम्बर २०२३ आइतावार नेपाली समय साँझ ७:०० बजे हुने छ । सहभागीतकाे लागि विनेसामकाे जुम ID: 810 5517 5553 मा सिधै जाेडिन सकिनेछ । जुमकाे पासवर्ड लाग्दैन । विनेसामकाे विश्वभर ५० देश र देशका सातै प्रदेश र विभिन्न जिल्ला शाखाहरु सक्रिय छन् ।
सोझै जोडिन : https://us02web.zoom.us/j/81055175553
Passcode : No need

0 Comments