विनेसाम १० जुन २०२३, विश्व नेपाली साहित्य महसङ्घ नेपाल शाखाद्वारा आयोजित ”गण्डकी प्रदेश समिति घोषणा तथा सिर्जना वाचन कार्यक्रम” आज २७ जेठ २०८०/ १० जुन २०२३/शनिवार भर्चुअल जूमबाटा भव्य रुपमा सम्पन्न गरेको छ ।
विनेसाम केन्द्रीय संगठन सचिव र नेपाल शाखाकी अध्यक्ष श्री कल्पना पौडेल जिज्ञासुको सभापतित्व, त्रिपुरा विश्वविद्यालय भारतका कुलपति प्रा डा गङ्गाप्रसाद प्रसाईंज्यूको प्रमुख आतिथ्य, विशिष्ट अतिथिज्यूहरू.. चर्चित गायिका तथा अभिनेत्री प्राज्ञ कविता आलेज्यू (पूर्व विभाग प्रमुख-नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान), प्राज्ञ महानन्द ढकाल (नेपाल प्रज्ञाप्रतिष्ठान काठमाण्डौ), डा घनश्याम परिश्रमी (कुलपति-बर्दघाट प्रज्ञाप्रतिष्ठान), डा इन्द्रबहादुर भण्डारी (उपकुलपति-खजुरा प्रज्ञाप्रतिष्ठान), डा गोकुल क्षेत्रीय (लेखक-गुजरात/भारत), सुरेन्द्र लिम्बू परदेशी (अध्यक्ष-विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति) लगायत केन्द्रीय सल्लाहकार, पदाधिकारीहरू, नेपाल शाखाका सल्लाहकारहरू, पदाधिकारी साथै विभिन्न प्रदेश र जिल्लाहरूबाट उपस्थित् पदाधिकारीहरूको राम्रो उपस्थिति रहेको थियो ।

विनेसाम नेपाल शाखाकी उपाध्यक्ष सीता बिस्ट कार्कीको मिठो स्वागत मन्तव्य पश्चात् संस्थाका सल्लाहकार ऋषिराम सापकोटाले कार्यक्रमको उदेश्यबारे प्रकाश पर्नुभएको थियो । त्यसलगत्तै कार्यक्रमकी सभापति तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले नव गठित ”गण्डकी प्रदेश समिति”को नाम पढेर नयाँ समितिको घोषणा गर्नुभयो र सबैबाट भर्चुअल तालीले स्वागत भयो ।
नयाँ कार्यसमिति घोषणा पश्चात् नवगठित गण्डकी प्रदेश समितिका अध्यक्ष प्रकाश अधिकारीले खुसी व्यक्त गर्दै नेपाली साहित्यमा देखिएका अनेक भुमरीलाई चिर्दै विश्वसामु नेपाली साहित्यलाई उभ्याउन के गर्न सकिन्छ भन्ने नविन विचार राख्दै अब नेपाली साहित्यलाई फरक आयामबाट अघि लगिनुपर्दछ परम्परागत भन्दा अलग तरिकाले भन्ने उनको यो महत्वपूर्ण मत र केही नयाँ गर्ने प्रतिबद्धता रहेको थियो ।

विनेसाम नेपाल शाखाले आयोजना गरेको ”गण्डकी प्रदेश समिति घोषणा तथा सिर्जना वाचन कार्यक्रम”मा विशेष साहित्यिक व्यक्तित्वहरूको उपस्थिति निकै बाक्लो रहेको थियो । सिर्जना वाचन : मोहनराज खनाल, चन्द्रावती अधिकारी, गोपाल कुमार मैनाली, सुमी पोखरेल, सरस्वति श्रेष्ठ, प्रदीप नेपाली, कृष्ण ब केसी, इन्दिरा गौतम, चरित्रा शाह, गीता अर्याल, सुरेश कु पाण्डे, सावित्री गिरि, गोपीराम भण्डारी, प्रकाश अधिकारी, नवराज न्यौपाने, प्रेम थापा, बद्री ढकाल हिरामणि आदिले कविता, छन्द कविता, गजल, कोपिला, हाइकु, सुसेली ।
मन्तव्य : आवाज बिहिनहरूको आवाज बन्न सक्नुपर्छ भन्दै विश्व नेपाली साहित्य महासङ्घले गर्दै आएको साहित्यिक सक्रियताको खुलेर प्रशंसा गर्दै अझ उन्नतिको शुभकामना दिनुभयो प्राज्ञ महानन्द ढकालज्यूले । मन्तव्यकै क्रममा विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रम भव्य रुपमा सफल भएको भन्दै नव-गठित गण्डकी प्रदेश समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिदै कार्यक्रममा उठेका केही जिज्ञासाहरू समेटी आफ्ना महत्वपूर्ण भनाइहरू राख्नु भयो । विश्व नेपाली साहित्य महासङ्घ संस्था विशुद्ध नेपाली साहित्यको उन्नयन र सेवामा समर्पित भइ विगत तेह्र बर्षदेखी दत्तचित्तले लागेको बताउनुभयो ।

कार्यक्रमको सुरुदेखि अन्त्यसम्म रही उपस्थिति सबैलाई सम्बोधन गर्दै कार्यक्रममा वाचन भएका स्रष्टा र सिर्जनामाथि सुन्दर दृष्टिकोण राख्दै नयाँ समितिलाई हार्दिक बधाई दिदै विश्व नेपाली साहित्य महासङ्घ केन्द्र र शाखाले गर्दै आएको साहित्यिक गतिविधिहरूको खुलेर प्रशंसा गर्नुभयो आजको कार्यक्रमका प्रमुख अतिथि प्रा डा गङ्गाप्रसाद प्रसाईंज्यूले । नेपाली भाषा साहित्यलाई औधी माया गर्नुहुने प्रा डा प्रसाईंज्यूले समय-समयमा विश्व स्तरीय साहित्यिक सम्मेलन गर्नसके त्यसको प्रभाव राम्रो हुनेथियो भन्ने सुझाव दिनुभयो । बोल्ने क्रममा त्रिपुरा विश्व विद्यालयमा नेपाली विषय पढ्न पाउने व्यवस्था उहाँले अनुमोदन गरेको खुसी साझा गर्दै यदि कोही नेपाली विधार्थी त्यहाँ पुगे यो सुविधा प्राप्त गर्ने बताउनुभयो ।

0 Comments